फागुन २१ को चुनावको विषयलाई लिएर देउवाको चिन्ता

दार्चुला । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले फागुन २१ को निर्वाचनको विषयलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।

महाराजगन्जस्थित देउवा निवासमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङसँग भएको भेटको क्रममा सभापति देउवाले सरकारले फाल्गुन २१ मै चुनाव गराउने वातावरण निर्माण नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले समयमै निर्वाचन सम्पन्न हुनुपर्ने कुरा व्यक्त गर्दै तरुण दल अध्यक्ष गुरुङलाई आगामी चुनावमा युवाहरु अघि बढ्नुपर्ने बताउनुभयो।

मुलुकको वर्तमान राजनितिक परिस्थिति ,पार्टीको १५ औँ नियमित महाधिवेशन एवं फाल्गुन २१ को निर्वाचन विषयमा केन्द्रित छलफल भएको अध्यक्ष गुरुङले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?