रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सचिवालयको बैठकले उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताउनुभयो।

मंसिर मसान्तसम्म समानुपातिक तर्फका उम्मेदवारका लागि ३२५ वटा आवेदन प्राप्त भइसकेको पनि उहाँले बताउनुभयो।

बैठकले समानुपातिक तर्फका आवेदकहरूसँग सातै प्रदेशमा छलफल गर्ने निर्णयसमेत गरेको छ।

छलफललाई सहजीकरण गर्न समानुपातिक तर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई प्रदेशअनुसार जिम्मेवारी तोकिएको छ।

को-कहाँ खटिए ?

कोशी प्रदेश– विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङ
मधेस प्रदेश– मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादव
बागमती प्रदेश– विराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की, रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे
गण्डकी प्रदेश– शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम
लुम्बिनी प्रदेश– गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक
कर्णाली प्रदेश– हरि ढकाल, विनीता कठायत र मदन खड्का
सु.प. प्रदेश– दीपकराज बोहरा, ध्रुव गिरी, प्रकाश बिष्ट

यस्तै, रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आवेदन दिने सदस्यहरूले परिवर्तन गरी प्रत्यक्षतर्फ आवेदन दिन चाहेमा पुस ५ गते दिनको ५ बजेसम्म थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको छ। स्थानीय तह, प्रदेश तह र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका र स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरूसँगको समन्वयका लागि तपसिलको स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गर्ने निर्णय पनि बैठकले लिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?