नेकपाले शुक्रबार (भोली) दार्चुलामा एकता सन्देश सभा आयोजना गर्दै

दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार (भोली) सदरमुकाम खंलगामा आयोजना गर्ने एकता सन्देश सभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन शुक्रबार एकता सन्देश सभाको आयोजना गरिएको नेकपा दार्चुलाका नेता जमन सिंह धामीले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिकलाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लगिएको उहाँले बताउनुभयो ।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा भोली दार्चुला सदरमुकाममा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

सन्देश सभामा नेकपाका बरिष्ठ नेता भिम रावल, भानुभक्त जोशी, खगराज भट्ट, लालबहादुर विक,प्रकाश शाह, शेरबाहदुर कुँवर लगायतका नेताहरुको सहभागिता रहने धामीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई भव्य रुपमा व्यापक जनसहभागितासहित सञ्चालन गर्न यस अघि नै लक्ष्मण दत्त जोशीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको थियो भने प्रदेशसभा सदस्य मान बहादुर धामी (सन्तोष)को संयोजकत्वमा आर्थिक उपसमिति, लक्ष्मी बिकको संयोजकत्वमा जनपरिचालन र यातायात उपसमिति, रुक्मणी जागरीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, राधिका अवस्थीको संयोजकत्वमा अतिथी सत्कार उपसमिति र जमनसिंह धामीको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरि तयारी थालिएको उहाँले बताउनुभयो ।

सभालाई राजनीतिक वातावरण निर्माण र संगठनभित्र स्पष्ट मार्गचित्र तयगर्न महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?