बैतडीको पाटनमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते

दार्चुला । बैतडीको पाटनमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ हिरापुर नजिकै डुबानी भन्ने ठाउँमा शनिबार बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा.८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । ।

दुवै सवारी साधन बैतडीबाट धनगढीतर्फ गइरहेका बुझिएको छ । मोडमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ बर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० बर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ बर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ बर्षीय केशवराज जोशी घाइते भएका छन् ।घाइतेहरुको अवस्था सामान्य रहेको छ । चारै जनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा अल्टो सडकबाट करीब ५ मिटर तल खसेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?