टी- २० विश्वकपका लागि डिफेन्डिङ च्याम्पियन भारतको टोली घोषणा

दार्चुला । सन् २०२६ मा श्रीलंका र घरेलु मैदानमा हुने टी–२० विश्वकप क्रिकेटका लागि साविक विजेता भारतले टोली घोषणा गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले शनिबार सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ ।

विकेटकिपरको रुपमा सञ्जु सामसन र इशान किसान छन् । यस्तै टोलीमा अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुवे, रिंकु सिंह, जसप्रीत बुमराह, हर्षित राना, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र वासिङ्टन सुन्दर छन् ।

टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ । यसअघि अमेरिका र वेष्ट इन्डिजमा सन् २०२४ मा भएको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले उपाधि जितेको थियो । विश्वकपको गत संस्करणमा समूह चरणबाट बाहिरिएको नेपाल यसपटक पनि छनोट भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?