दार्चुलाको छाङरुमा सौर्य मिनि ग्रिड सञ्चालन, १२० घरधुरीमा विद्युत सेवा

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका गाउँपालिका वडा नम्बर १ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत आपूर्ति सुरु गरिएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनि ग्रिडबाट १ सय २० घरधुरी, तीन व्यवसायिक फर्म तथा चार सरकारी कार्यालयमा विद्युत सेवा पुगेको हो।

सौर्य मिनि ग्रिड सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले दैनिक केही घण्टाबाहेक नियमित रूपमा विद्युत प्रयोग गर्न पाएको वडा नम्बर १ का वडा अध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो। चिसो मौसमका कारण ब्याट्री रेस्टका लागि साँझ ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने गरिएको छ ।

मिनि ग्रिडबाट उत्पादित विद्युत वितरणका लागि १.११३ किलोमिटर थ्री–फेज र ४ सय ३२ मिटर सिंगल–फेज प्रशारण लाइन निर्माण गरिएको छ। सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा पनि सोही ग्रिडबाट विद्युत आपूर्ति भइरहेको छ। साथै, २० वटा सडक बत्ती जडान गरिएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सिनियर अफिसर अमानुवल हक अन्सारीका अनुसार मिनि ग्रिड निर्माणमा केन्द्रको ४ करोड १३ लाख ३३ हजार १ सय २ रुपैयाँ लगानी तथा स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ। असार महिनादेखि सञ्चालनमा आएको ग्रिड उपभोक्तालाई हस्तान्तरण गर्न भने अझै बाँकी रहेको उहाँले बताउनुभयो।

यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत सेवा पु¥याउने प्रयास भए पनि हिमपात, बाढी र पहिरोका कारण पटक–पटक क्षति पुग्दा सेवा नियमित हुन सकेको थिएन। गरिबी निवारण कोषको ४० प्रतिशत अनुदान र उपभोक्ताको ६० प्रतिशत स्वलगानीमा निर्माण गरिएको जलविद्युत दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?