लेकम–५ मैखोलीका पुष्कर जोशीद्वारा विद्यालय र व्यक्तिहरुलाई श्रीमद्भागवत गीता वितरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ मैखोली घर भइ रोजगारीको सिलसिलामा लामो समयदेखी दुबैमा रहनुभएका पुष्कर जोशीले विभिन्न विद्यालय र व्यक्तिहरूलाई श्रीमद्भागवत गीता वितरण गर्नुभएको छ। चौपाता र मैखोलीका विद्यालयका साथै विभिन्न व्यक्तिलाई गीता पुस्तक वितरण गरिएको हो।

स्वर्गीय आमा गोमती देवी जोशीको सम्झना तथा धर्म संरक्षण र गीता ज्ञान प्रचारका लागि गीता पुस्तक वितरण गरिएको जोशीले बताउनुभयो। गीता वितरण महाअभियानलाई सहयोथार्थ तथा विद्यार्थी र आममानिसमा गीता ज्ञान प्रसार गर्न पुस्तक छापेर वितरण गरिएको उहाँको भनाइ छ। पुष्कर जोशीकै उपस्थितिमा आज लटिनाथ मावि चौपातामा प्रार्थनाकालिन समयमा विद्यार्थी र शिक्षकहरूलाई गीता पुस्तक वितरण गरिएको प्रधानाध्यापक केशवराज बिष्टले बताउनुभयो।

पुस्तक प्रकाशनमा लगानी तथा वितरण कार्य गरेकोमा पुष्कर जोशीलाई धन्यवाद ज्ञापन गर्दै गीताको उपदेश तथा ज्ञान आर्जन गर्न प्रधानाद्यापक बिष्टले विद्यार्थीलाई सुझाब दिनुभएको छ । मैखोली र चौपातामा गीता वितरण कार्यक्रममा वडा सदस्य रेवाधर जोशी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?