दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा रहेको जनहित माध्यमिक विद्यालय धुलिगडाकामा कार्यरत शिक्षक बहादुर सिंह ठगुन्नाको विदाई गरिएको छ । ३० वर्ष देखि शिक्षण पेशामा रहनुभएका ठगुन्ना अनिवार्य अवकासमा गएपछि आइतबार (आज) एककार्यक्रमको बिच विदाई गरिएको हो ।
वि.स. २०५३ साल जेठ ८ गते देखि २०७७ साल असार १६ गते सम्म २४ वर्ष विद्यालयको प्रधानाध्यापक समेत रहेका शिक्षक ठगुन्नाले सोही विद्यालयमा ३० वर्ष शिक्षण गर्नुभएको स्थानीय तथा भूतपूर्व विद्यार्थी प्रकाश टमटाले बताउनुभयो ।
तीन दशक जनहित मावि धुलिगडालाई शिक्षक ठगुन्नाले दिएको योगदानको कदर गर्दै विद्यालय परिवार तथा स्थानीयहरुले भव्य विदाई गरेको उहाँले बताउनुभयो ।
आइतबार विद्यालयमा सञ्चालन भएको विदाई समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष रोजेन्द्र सिंह बोहरा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र सिंह धामी, प्रधानाध्यापक अकरबार सिंह धामी, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया