दार्चुला । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुर्गम जिल्लाहरुमा तोकिएको भन्दा समेत महगोंमा सुन पाइने गरेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया