दार्चुला । सुदूरपश्चिम प्रदेशबाट गएको १५ महिनामा ५० हजार भन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् ।
वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन् ।
पछिल्लो समय स्थानीय तहबाट श्रमस्वीकृति प्रदान गर्ने सेवा सुरु गरेपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगी नरोकिएको गुनासो छ । वैदेशिक रोजगारीले नेपालका ७८ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्दा शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण गर्ने अवस सिर्जना गरेको छ । यद्यपि सामाजिक र पारिवारिक चुनौति थपिँदै गएका छन् ।
तथ्याङ्क अनुसार वैदेशिक रोजगारीबाट आव २०८१/०८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुयियाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीले सकरात्मक प्रभाव पारेको भए पनि मनोसामाजिक समस्या बढेको, बालकालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, जग्गा बाँझो रहेको र सहरी जनङ्ख्या र ग्रामीण जनसङ्ख्यामा असमानता बढेको पाइएको छ ।





प्रतिक्रिया