दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङलाई खेलकुद पोसाक सहयोग गरिएको छ । विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीको विशेष पहलमा विद्यालयमा खेलकुद गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले कैलालीको धनगढी–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयले १५ थान गेम सेट निःशुल्क उपलब्ध गराएको छ भने धनगढी चौराहामा रहेको महाकाली बिजुली भण्डारले थप ५ थान खेल पोसाक सहयोग गरेको बताइएको छ ।

सहयोगले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। खेल सामग्री सहयोगका लागि त्रिभुवन माध्यमिक विद्यालय धनगढी–३ का प्रधानाध्यापक सीताराम अवस्थी तथा सम्पूर्ण विद्यालय परिवार र महाकाली बिजुली भण्डारका सञ्चालक नन्दराज भट्टलाई विद्यालय परिवार र व्यक्तिगत तर्फबाट सप्रशंसा सहित धन्यवाद ज्ञापन गरिएको विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?