लेकमको गोकुले–लाली सडक निर्माणका लागि दायाँ–बायाँ १० मिटर क्षेत्र खाली गर्न आग्रह

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले गोकुलेश्वर–लाली सडकको निर्माण कार्यमा सहयोग गर्न स्थानीय गाउँपालिकाबासीमा अनुरोध गरेको छ। गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको गोकुलेश्वर–लाली सडक निर्माण तथा स्तरोन्नती कार्य भइरहेकोले सडकको दायाँ–बायाँ १०–१० मिटर क्षेत्र खाली गरी सहयोग गर्न पालिकाले आग्रह गरेको हो ।

अहिले बगौरा–लाली सडकखण्डमा काम गर्ने तयारी भइरहेको छ। सडक क्षेत्र खाली गरिदिनुका साथै सडक मुनि पर्ने क्षेत्रमा आवातजावत, गाईवस्तु चराउने लगायतका कार्यहरू निषेध गरिएको गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सूचीत गरेको छ। निर्माण कार्यलाई सहज, सुरक्षित र समयमै सम्पन्न गर्न स्थानीयवासी, सरोकारवाला निकाय तथा सर्वसाधारणबाट आवश्यक सहयोगको अपेक्षा गरिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।

सडक निर्माण कार्यमा अवरोध नपुग्ने गरी सबैले जिम्मेवार भूमिका निर्वाह गर्न विशेष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । चालू आर्थिक वर्ष २०८२।०८३ मा संघीय सम्पुरक अनुदानमा उपलब्ध बजेटबाट सडक निर्माण कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर केशव बहादुर पालले बताउनुभयो । ३ करोड ३७ लाख बजेट रहेकोमा ठेक्का प्रक्रियामार्फत एसके बिएस गगन जेवी निर्माण सेवा संग २ करोड ९ लाखमा सम्झौता भएको इन्जिनियर पालले बताउनुभयो । यस पटक बगौरा देखी लाली सम्मको खण्डमा सडक निर्माण तथा स्तरोन्नती हुने उहाँले बताउनुभयो ।

गोकुलेश्वर देखि गाउँपालिका केन्द्र रातामाटा सम्मको २५ किलोमिटर सडक स्तरोन्नतीको काम एडीबीले गर्ने जनाएकोले अहिलेको पालिका र संघीय सरकारको बजेटमा बगौरा देखि लाली सम्म सडक निर्माण हुने उहाँले बताउनुभयो । गोकुलेश्वर देखि रातामाटा सम्मको खण्डमा पनि अप्ठ्यारो ठाउँहरुमा सडक मर्मत कार्य गरिने र बगौरा–लाली सडकखण्डमा निर्माण तथा स्तरोन्नतीको काम प्राथमिकताका साथ गर्ने तयारी रहेको बताइएको छ। गोकुलेश्वर लाली सडकलाई लेकम गाउँपालिकाले स्थापनाकालदेखी पहिलो प्राथमिकतामा राखेर निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?