दार्चुला । दार्चुलामा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ नमुना टोलबाट जुवातास खेलीरहेको अवस्थामा ७६ हजार बढी नगदसहित ६ जना पक्राउ परेका हुन् ।
नमुना टोल स्थित लाल बहादुर चुनाराको घरमा जुवातास भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिएको प्रहरीले नगदसहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ नमुना टोल खलंगा बजार बस्ने ४२ वर्षीय लाल बहादुर चुनारा, सोही ठाउँका ३९ वर्षीय महेन्द्र विक, ३० वर्षीय दान सिंह बडाल, ५२ वर्षीय कमल राम पार्की, ४९ वर्षीय लाटोराम लुहार र ४७ वर्षीय जनक पाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
उनिहरुको साथबाट ७६ हजार ५ सय २५ रुपैँया नगद,४ गड्डी तास र २ थान चद्दर बरामद गरि जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया