दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले पछिल्लो समय मापसे चेकजाँचमा कडाई गरेको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर र ट्राफिक प्रहरीको सक्रियतामा पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई कडाइ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिनुभयो।
प्रहरीले कार्तिक र मंसिर दुई महिनाको अवधिमा मापसे गरी सवारी साधन चलाउने २२ वटा चालकलाई कारबाही गर्दा ४७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उहाँले बताउनुभयो ।
प्रहरीले मापसे चेकजाँचका लागि दार्चुलामा पहिलो पटक प्रहरीले बे्रथलाइजरको (मापसे चेक गर्ने मेसिन) प्रयोग गरिरहेको जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणलाई ध्यानमा राखी चेकजाँचलाई निरन्तरता दिइने प्रहरी निरीक्षक भाटले बताउनुभयो ।
प्रहरीले सुरक्षित यात्राका लागि मादक पदार्थ सेवन नगरी सवारी साधन चलाउन सबै चालकलाई आग्रह गरेको छ।





प्रतिक्रिया