दार्चुला । दार्चुलामा नेपाली कम्युनिष्ट पार्टीको संयुक्त बैठक सम्पन्न भएको छ । विभिन्न बाम घटकहरु बिचको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा पछिको पहिलो बैठक मंगलबार सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
बैठकमा पुस १५ देखि २५ गते सम्म पालिका स्तरीय एकता सन्देश र एकता संयुक्त बैठक सञ्चालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका नेता पदम राज पन्तले बताउनुभयो ।
त्यस्तै एकता घटका सम्पुर्ण पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र सचिव स्तरको समन्वय छलफल गरि यहि पुस ११ गते सम्म प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्धार छनोट तथा सिफारिस गर्ने र पार्टीका नियमित कामकारवाहीलाई निरन्तरता दिन एकता प्रक्रियामा सहभागी पार्टीका जिल्ला अध्यक्ष र सचिव रहने गरि समिति बनाउने निर्णय गरिएको पन्तले बताउनुभयो ।
उक्त समितिमा माओवादी केन्द्रबाट पदमराज पन्त र विनोद कुँवर, एकिकृत समाजवादीबाट किसन सिंह धामी र नरेन्द्र रावल, मात्रृभूमी जागरण अभियानबाट विशन राम लुहार र नेपाल समाजवादी पार्टीबाट मदन सिंह धामी रहनुभएको छ । बैठकमा एकता घटकका केन्द्रीय तथा प्रदेश सदस्य र जिल्ला अध्यक्ष तथा सचिव स्तरको सहभागिता रहेको थियो ।





प्रतिक्रिया