दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आगामी सोमबार देखि गाउँपालिकाको बस सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका नागरिकहरुलाई सहज रुपमा यातायात सेवा प्रदान गर्ने उदेश्यसहित गाउँपालिका भित्र गाउँबस सञ्चालन गर्न लागिएको हो ।
गाउँबस सञ्चालनको लागि आवश्यक सम्पुर्ण तयारी पुरा भईसकेकोले यहि पुस १४ गते देखि नियमित रुपमा गाउँबस सेवा सञ्चालन हुने गाउापालिकाका प्रमुख पशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ६ धुलीगाडाको सुकखोला देखि वडा नम्बर ३ खार सम्म नियमित रुपमा गाउँपालिकाले बस सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
गाउँबस सेवा सञ्चालनको लागि गाउँपालिकाले यस अघि नै एक थान बस खरिद गरिसकेको छ भने चालक पनि नियुक्त गरिसकेको धामीले बताउनुभभयो ।
गाउँपालिकाले सञ्चालन गर्ने बसमा ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग तथा असहायलाई भाडामा छुट दिईने र अरु नागरिकहरुलाई पनि सहज, नियमित र सुलभ तवरले यातायात सुविधा प्रदान गरिने गाउँपालिका उपाध्यक्ष जगत ठगुन्नाले बताउनुभयो ।





प्रतिक्रिया