दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । बुधबार (आज) गाउँपालिकाको वडा नम्बर ४ मा स्थित गणेश विनायक मावि सिप्टीको खेल मैदानमा एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख एंव सूचना अधिकारी प्रेमराज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी प्रमुख अतिथी रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरज सिंह भाट, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी खेलाडीहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको उद्घाटन समारोहका सञ्चाक समेत रहनुभएका गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा सूचना अधिकारी प्रेमराज जोशीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथ्लेटिक्स तर्फका विभिन्न खेलको हिट चरण तथा फाइनतल सम्पन्न भएको उहाँले बताउनुभयो ।
जस अनुसार आज छात्र छात्राको १ सय मिटर, ४ सय मिटर र १५ सय मिटर दौड सम्पन्न भईसकेको जोशीले बताउनुभयो । त्यस्तै छात्रछात्राको सटफुट, ज्याभलिङथ्रो, लङजम्प र १ गुणा ४ सय मिटर रिले दौड सम्पन्न भएको छ ।
पहिलो दिन छात्र छात्राका गरि १४ स्वर्णको खेल सम्पन्न हुँदा गणेश विनायक मावि सिप्टीले ६ स्वर्ण, २ रजत र २ काश्य गरि कुल १० पदकसहित अग्रता बनाएको छ ।
त्यस्तै जनहित मावि धुलिगडाले ४ स्वर्ण, ३ रजत र ४ काश्य गरि कुल ११ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहँदा केदारेश्वरी मावि सुण्डमुण्ड ३ स्वर्ण र ४ रजत गरि कुल ७ पदकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै अन्य विद्यालयहरुमा लटिनाथ मावि खारले १ स्वर्ण, १ रजत र १ काश्य गरि ३ पदक, समैजी मावि सौकेबगडले ३ रजत र ५ काश्य गरि कुल ८ पदक, गौरी शकर मावि नागुले १ रजत र १ काश्य गरि कुल २ पदक र भुमिराज मावि ईयरकोटले १ रजत पदक प्राप्त गरेको जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गणेश विनायक माध्यमिक विद्यालय सिप्टीको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया