दलीय राजनीतिमा सक्रिय हुन बालेन शाहद्वारा भेटवार्तालाई तीव्रता

दार्चुला । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा सक्रिय हुनका लागि भेटवार्तालाई तीव्रता दिनुभएकाे छ ।

सोमवार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो कुराकानी गरेपछि भेटघाटलाई तीव्रता दिएका मेयर शाहले आज विभिन्न व्यक्तिसँग भेटघाट गर्नुभएको हो । गएराति मेयर शाहले नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, तत्कालीन विवेकशील पार्टीका नेता मिलन पाण्डे, सञ्चारकर्मी सुरजसिंह ठकुरी, ऋषि धमला लगायतसँग छलफल गर्नुभएको थियो ।

यसबीचमा मन्त्री कुलमान घिसिङ लगायतसँग भेट गरिसकेका मेयर शाहले आज आफ्ना सल्लाहकार कुमार बेनको ललितपुरमा रहेको घरमा बसेर रास्वपाका सभापति लामिछानेदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतसँग छलफल गर्नुभएको हो ।

आज शाहलाई भेट्नेहरूको लाइन लागेको छ । बालेनले आज नवयुवा प्रतिनिधि रक्षा बम, रास्वपा नेता शिशिर खनाल, नेता अमरेश सिंह, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग भेट गर्नुभएको छ ।

बालेनसँगको छलफलमा सहभागीहरूले उहाँ देश विकास पार्टीको नेतृत्व आफैँले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने मनशाय पाएको बताएका छन् । लौरो चुनाव चिह्न पाएको देश विकास पार्टीको अध्यक्षमा अहिले सन्ध्या खनाल रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?