दार्चुलाको मार्मामा छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विहिबार (आज)बाट गाँपालिकाको छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित तपोवन माध्यमिक विद्यालय पडपडाको खेलमैदानमा आज एक कार्यक्रमका बिच वडा नम्बर ४ का वडा अध्यक्ष बिरसिंह धामीको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन गरिएको जोशीले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जमन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला चन्द सिंह, विभिन्न वडाका वडा अध्यक्षहरु, गाउँपालिका अन्तरगतका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, गाउँपालिकाका शाखागत कर्मचारीहरु, विद्यार्थीहरु, सुरक्षाकर्मी पत्रकार लगायत स्थानीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिता अन्तरगत आज पहिलो दिन ३ वटा खेलको फाइन सम्पन्न भएको छ ।

प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?