कांग्रेस कार्य सम्पादन समितिको बैठक आज पनि : महाधिवेशन तालिका हेरफेर हुनसक्ने

दार्चुला । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १:०० बजे बैठक पुनः बस्ने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरू बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसक्नुभएको छ।

महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गर्नुभयो ।

शर्माले महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताउनुभयो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको बताउनुभएको छ । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?