नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा शपथ ग्रहण

दार्चुला । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नेपाली सेनाका पूर्वरथी शर्मालाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई पराष्ट्रमन्त्रीमा सिफारिश गर्नुभएको हो । प्रधानमन्त्री कार्की आफैँले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

आज पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार भएको हो । याेसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।

पूर्वरथी शर्माले यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक भएर पनि काम गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?