दार्चुला । दार्चुलाको लेकम गाउँपलिका वडा नम्बर २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय विद्यालय कुणीको ४६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गरिएको छ । शुक्रबार आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बहादुर सिंह खत्रीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।
कार्यक्रममा लेकम गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशी, प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशी, वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशी, हुनैनाथ माध्यमिक रातामाटाका प्रधानाध्यापक श्यामराज जोशी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सव समारोह अन्तरगत विभिन्न सांस्कृतीक कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यपक जोशीले विद्यालयको गत आर्थिक वर्ष २०८१\०८२ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार यस अवधिमा विद्यालयको कुल आय एक करोड ५५ लाख २६ हजार एक सय ७० रुपैँया ९८ पैसा रहेको छ भने व्यय एक करोड ३४ लाख ३७ हजार पाँच सय ८१ रुपैँया रहेको छ ।
सोही अवधिमा विद्यालयको कुल बचत २० लाख ८८ हजार पाँच सय ८९ रुपैँया ९८ पैसा रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।
कार्यक्रम अन्तरगत आज विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । भोली पनि विधिध सांस्कृतिक कार्यक्रम सञ्चालन पश्चात कार्यक्रम समापन गरिने उहाँले बताउनुभयो ।





प्रतिक्रिया