नेपाली कम्युनिस्ट पार्टीेद्धारा दार्चुलाबाट प्रतक्षतर्फ ५ जना उम्मेदवार सिफारिस

दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपाका नेताहरुको शुक्रबार (आज) बसेको बैठकले प्रत्यक्ष तर्फ इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको हो।

प्रत्यक्ष तर्फ खुल्ला कलस्टरमा लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना र मदन सिंह धामीको नाम सिफारिस गरेको छ । त्यस्तै युवा कलस्टरबाट नरबहादुर विष्ट र महिलाबाट गंगा कुमारी महतरा(गायत्री रावल) को नाम सिफारिस गरिएको नेपकपा दार्चुलाका नेता पदम राज पन्तले जानकारी दिनुभयो ।

समानुपातिक तर्फ पनि उम्मेद्धार सिफारको लागि छलफल जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?