दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। सरकारले गोकुलेश्वरसहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली, बाजुराको कोल्टी र डोटीको विपीनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने बताइएको छ । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।
गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको शैल्यशिखर नगरपालिका, नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने छ ।





प्रतिक्रिया