प्रहरीले अर्घाखाँचीस्थित कम्युनमा सर्च गरेपछि विप्लवद्वारा संघर्षको कार्यक्रम घोषणा

दार्चुला । अर्घाखाँचीकाे सितगङ्गा- ११ मा प्रहरीद्वारा हिजो जन कम्युनमा गरेको सर्चविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

आज सम्पन्न स्थायी समितिको बैठकले संघर्षको कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्माले जानकारी दिए ।

नेकपा माओवादीले घोषणा गरेको कार्यक्रम अन्तर्गत पुस १२ गते बेलुका देशव्यापी मशाल जुलुस, पुस १३ देशभर कोणसभा पुस १४ बिरोध प्रदर्शन र पुस १५ अन्तक्रिया कार्यक्रम गर्ने तालिका रहेको छ ।

प्रहरीले हिजो ‘विप्लव’नेतृत्वको नेकपा (माओवादी) को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद गरेको थियो ।

जनकम्युन सर्च गर्दा भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्रामलगायतका विस्फोटक पदार्थ फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?