दार्चुला । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।
केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो। छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्छ।
हिजो सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री तीनै पार्टीका शीर्ष नेताहरूलाई भेटेर बालुवाटार बैठकका लागि निम्ता गर्नुभएको थियो। यसअघि प्रधानमन्त्रीले राष्ट्रपति निवासमा तीन दलका शीर्ष नेताहरूसँग संयुक्त रूपमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीले चुनावको वातावरण बनाउने दलका शीर्ष नेताहरूसँग संवाद थाल्नुभएको हो।





प्रतिक्रिया