महाकाली–४ मा राप्रपाको वडा अधिवेसन, उर्मिला निरौलाको अध्यक्षतामा वडा कमिटी गठन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेसन सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रकाश दयाली लगायत जिल्ला तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागितामा वडा अधिवेसन सम्पन्न भएको हो ।

शनिबार (आज) बसेको वडा भेलाबाट उर्मिला निरौलाको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिनुभयो ।

त्यस्तै कमिटीको उपाध्यक्षमा सरस्वती भुल, सचिवमा मुकेश भुल, कोषाध्यक्षमा धर्मराज दयाली र सह–सचिवमा चन्दन राज निरौला सर्वसम्मत चयन हुनुभएको उहाँले बताउनुभयो । कमिटीको सदस्यहरुमा अनिश निरौला, सपना दयाली, रतना देवी निरौला, सुश्मा निरौला, इन्द्रा निरौला र शन्तोष गौतमलाइ चयन गरिएको अध्यक्ष दयालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?