दार्चुला । सुदूरपश्चिम समाज काठमाडौंको अध्यक्षमा रामदत्त पन्त निर्वाचित हुनुभएको छ। सुदूरपश्चिम समाज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित १६औँ साधारणसभाबाट अध्यक्ष पदमा दार्चुला घर भएका पन्त निर्वाचित हुनुभएको हो।
नेपाल टेलिकमका इन्जिनियर समेत रहनुभएका पन्तलाई अध्यक्ष निर्वाचित भएपछि दोसल्ला ओढाएर सम्मानित गरिएको छ। उक्त साधारणसभा कार्यक्रममा डा. हरिदत्त पाण्डेयका सेतीकाली छाल र मित्यारी कृतिहरूको लोकार्पण समेत गरिएको छ।





प्रतिक्रिया