नेकपा (संयुक्त)ले नरेश न्यौपानेको नेतृत्वमा विद्यार्थी फेडेरेशन ब्युँतायो

दार्चुला । चन्द्रदेव जोशी र घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले पुरानो विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी फेडेरेशन (अनेविफे) लाई ब्युँताएको छ । जयतु संस्कृतम् आन्दोलनपछि २००८ सालमा गठित फेडेरेशन दोस्रो विद्यार्थी संगठन हो ।

शनिबार आयोजित भेलाले नरेश न्यौपानेको संयोजकत्वमा उक्त संगठन व्युँत्याएको हो। त्यसअघि तत्कालीन नेकपा (एस) सम्वद्ध अनेरास्ववियूका नाममा न्यौपाने नेतृत्वको संगठन क्रियाशील थियो । माआोवादीसहितको एकतामा सामेल हुने माधव नेपालपक्षको निर्णयबाट अलग भएपछि उनीहरु एसका तत्कालीन महासचिव घनश्याम भुसालको साथमा रहँदै आएका थिए । उक्त पक्षले शनिबार मैतिदेवीस्थित सेतोपुलमा आयोजित भेलाबाट विद्यार्थी फेडेरेशनका नाममा अगाडि बढ्ने निर्णय गरेको हो ।

नेकपा संयुक्तका संगठन विभाग प्रमुख डा.विजय पौडेलको प्रमुख आतिथ्यतामा आयोजित भेलामा निर्वाचन विभाग प्रमुख केदार शर्मासहित उपस्थित हुनुहुन्थ्यो । भेलाले न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो। उपत्यका सहित सबै प्रदेशमा संयोजक र सहसंयोजक पनि तोकेको संयोजक न्यौपानेले बताउनुभयो ।

नेपालको समग्र शिक्षा प्रणालीमा देखिएका विकृति विरुद्ध चरणवद्द खबरदारी सुरु गरिने न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?