करणी मुद्दामा फरार दार्चुलाका एक महिला र पुरुष ९ वर्षपछि पक्राउ

दार्चुला । करणी मुद्दामा फरार दार्चुलाका एक महिला र पुरुष ९ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको नौगाड गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय देबेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्ना रहेका छन्।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत दार्चुलाको मिति २०७३ जेठ ३० गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?