दार्चुला । दार्चुलाकोे लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको मालिकार्जुन आधारभूत विद्यालय गराडीको ३९औं वार्षिकोत्सव समारोह उद्घाटन गरिएको छ । सोमबार (आज) विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको समारोहमा लेकम गाउँपालिकामा निर्वतमान अध्यक्ष परमान्नद जोशी, वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दुई दिने कार्यक्रम अन्तरगत आज विभिन्न कार्यक्रम र सांस्कृतिक प्रस्तुती सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद जोशीले बताउनुभयो । वार्षिकोत्सव समारोहमा वडा नम्बर २ भित्रका आधाभूत तहका विद्यालयहरुको विभिन्न खेलहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
समारोहमा वडा नम्बर २ भित्रका आधारभूत विद्यालय स्तरीय कुर्सी दौड, भाले जुधाइ, एकल नृत्य र चित्रकला प्रतियोगिता आज सम्पन्न भएको प्रधानाध्यापक जोशीले बताउनुभयो । जस अनुसार कक्षा १–५ स्तरीय छात्राहरुको कुर्सी दौड प्रतियोगितामा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघर द्धितीय र हुनैनाथ मावि कुणी तृतीय भएको उहाँले बताउनुभयो ।
त्यस्तै १–५ स्तरीय छात्रहरुको भाले जुधाइमा प्रथम र द्धितीय स्थान केदारनाथ मावि धरमघर र तृतीय स्थान हुनैनाथ मावि कुणीले प्राप्त गरेको उहाँले बताउनुभयो । कक्षा ६–८ स्तरीय एकल नृत्य प्रतियोगितामा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघर द्धितीय, हुनैनाथ मावि कुणी तृतीय भएको छ ।
चित्रकलामा प्रतियोगितामा प्रथम र द्धितीय स्थान हुनैनाथ मावि कुणी र गणेश मावि गाणागाउँले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
वडा भित्रका ४ वडा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा भोली पनि कक्षा १–५ को गणित दौड, कक्षा ६–८ को वक्ततृत्वकला र हाजिरिजवाफ प्रतियोगिता सञ्चालन हुने उहाँले बताउनुभयो ।





प्रतिक्रिया