दार्चुला। दार्चुलामा स्थानीय तहको असल अभ्यास तथा सिकाइ सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा स्थानीय तहको असल अभ्यास तथा सिकाइ सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रम जिससको सभाहलमा आयोजना गरिएको हो। पालिकाहरूले रोजगारी सिर्जना, गरिबी निवारण, जनस्तर सुधार, दिगोपना, सुशासन, नागरिक सहभागीता, सामाजिक समावेशीकरण, सेवाप्रवाह लगायत विभिन्न क्षेत्रमा गरेका असल तथा नमूना कामहरूको बारेमा प्रस्तुति राखेका थिए। आफ्नो पालिकाले गरेका महत्त्वपूर्ण तथा प्राथमिकताका कामहरूबारे पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले प्रस्तुति गरेको समन्वय अधिकारी गणेश बहादुर पालले जानकारी दिनुभयो।
असल अभ्यासहरूको आधारमा जिल्लाबाट एउटा नगरपालिका र एउटा गाउँपालिका छनोट गरि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा प्रस्तुति गरिने बताइएको छ।
आगामी दिनमा थप प्रभावकारी ढंगले कार्यसम्पादन र प्रस्तुति राख्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले सुझाव दिनुभयो। नमुना ढंगले अरूभन्दा केही फरक, आवश्यक र महत्त्वपूर्ण काम पालिकाहरूले गर्नुपर्ने उहाँको भनाइ छ। समन्वय प्रमुख बडूको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो।





प्रतिक्रिया