दार्चुलाको अपिहिमाल गाउँसभाको २१औँ अधिवेशन सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँसभाको २१औँ अधिवेशन सम्पन्न भएको छ । सोमबार (आज) गाउँपालिकाको कार्यालय खण्डेश्वरीमा गाउँसभाको २१औँ अधिवशन सम्पन्न भएको हो ।

गाउँपालिका केन्द्र खण्डेश्वरीमा सञ्चालन भएको अधिवेशनबाट दुई वटा नयाँ विधेयक र ३ वटा गाउँसभाको कार्यविधि पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराको अध्यक्षतामा उद्धघाटन भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहरा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावल, गाउँसभाका सदस्यहरुको सहभागिता रहेको थियो ।

सभाबाट अपिहिमाल गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बपन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र अपिहिमाल गाउँपालिकाको कर तथा गैर कर राजस्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पारित गरिएको रावले बताउनुभयो । त्यस्तै गाउँपालिकाको विनियोजन ऐन २०८२ संसोधनसहित पारित गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँसभाको २१औँ अधिवेशनबाट गाउँसभाको ३ वटा कार्यविविध पारित गरिएको रावलले बताउनुभयो ।

उहाँका अनुसार गाउँसभाको सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि २०८२, लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२ र बेरुजु फर्याैट कार्यविधि २०८२ पारित गरिएको छ । यि कार्यविधिहरु गाउँसभाको विषयगत समितिको कार्यविधि भएकोले सभाले नै पारित गरेको रावलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?