दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर ११ वर्षीया बालिका गम्भिर घाइते

दार्चुला । दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर ११ वर्षीया बालिका गम्भिर घाइते

दार्चुला । दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर ११ वर्षीया बालिका गम्भिर घाइते हुनुभएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित लटिनाथ आधारभूत विद्यालय थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापा ढुङ्गा लागेर घाइते हुनुभएको हो ।

सोमवार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा बाटोमाथिबाट खसेको ढुङ्गा लागेर पुष्पाकोदुबै खुट्टा भाँचिएको छ । उहाँको दाँया खुट्टा घुडामुनि बाट छुट्टिएर अलग भएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। थापालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कैलाली पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनुभयो ।

उहाँलाई जिल्ला अस्पतालबाट सहयोग रकम संकलन गरी एम्बुलेन्समार्फत धनगढी पठाइएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?