दार्चुला । दार्चुलाकोे लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको मालिकार्जुन आधारभूत विद्यालय गराडीको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सोमबार (हिजो) विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको समारोह मंगलबार (आज) सम्पन्न भएको हो । कार्यक्रममा लेकम गाउँपालिकामा निर्वतमान अध्यक्ष परमान्नद जोशी, वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दुई दिने कार्यक्रम अन्तरगत आज विभिन्न कार्यक्रम र सांस्कृतिक प्रस्तुती सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद जोशीले बताउनुभयो । वार्षिकोत्सव समारोहमा वडा नम्बर २ भित्रका आधाभूत तहका विद्यालयहरुको विभिन्न खेलहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक जोशीले विद्यालयको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत वर्ष विद्यालयको कुल आय ४३ लाख ४८ हजार ३ सय ५२ रुपैया ७४ पैसा रहेको भने व्यय ४२ लाख ६६ हजार ६ सय ५१ रुपैँया रहेको छ । सोही अवधिमा ८२ हजार ६ सय ६१ रुपैयाँँ बैंक मौजाद रहेको जोशीले बताउनुभयो ।
समारोहमा वडा नम्बर २ भित्रका आधारभूत विद्यालय स्तरीय कुर्सी दौड, भाले जुधाइ, एकल नृत्य , चित्रकला, गणित दौड, वक्तित्वकला र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा हिजो कक्षा १–५ स्तरीय छात्राहरुको कुर्सी दौड प्रतियोगितामा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघर द्धितीय र हुनैनाथ मावि कुणी तृतीय भएको उहाँले बताउनुभयो । त्यस्तै १–५ स्तरीय छात्रहरुको भाले जुधाइमा प्रथम र द्धितीय स्थान केदारनाथ मावि धरमघर र तृतीय स्थान हुनैनाथ मावि कुणीले प्राप्त गरेको उहाँले बताउनुभयो । कक्षा ६–८ स्तरीय एकल नृत्य प्रतियोगितामा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघर द्धितीय, हुनैनाथ मावि कुणी तृतीय भएको छ । चित्रकलामा प्रतियोगितामा प्रथम र द्धितीय स्थान हुनैनाथ मावि कुणी र गणेश मावि गाणागाउँले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो । त्यस्तै आज भएका प्रतियोगितामा गणित दौडमा छात्र तर्फ मालिकार्जुन आवि गराडी प्रथम र द्धितीय तथा केदारनाथ मावि धरमघरले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो । छात्रा तर्फ गणित दौडमा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघरले द्धितीय र तृतीय स्थाम प्राप्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै वक्ततित्वकलामा मालिकार्जुन आवि गराडीले प्रथम र द्धितीय स्थान प्राप्त गर्दा हुनैनाथ मावि कुणीले तृतीय स्थान प्राप्त गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो । हाजिरिजवाफ प्रतियोगितामा मालिकार्जुन आवि गराडी प्रथम, केदारनाथ मावि धरमघर द्धितीय र गणेश मावि गाँणागाँउले तृतीय स्थान पाप्त गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया