दार्चुलाको महाकाली-७ मा अवस्थित मालिकार्जुन मावि धापको ६१औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । देशकै उत्कृष्ट मध्येको एक दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापको ६१औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुन्दर सिंह बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशी, नगर उपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, सामाजिक विकास कार्यालय प्रमुख रामचन्द्र ओझा, महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक दामोदर जोशी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुढाथोकीले विद्यालयको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय ३ करोड ८४ लाख ६१ हजार ४ सय ९९ रुपैँया २८ पैसा रहेको छ भने व्यय २ करोड ९२ लाख ५२ हजार ९ सय १३ रुपैँया २३ पैसा रहेको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो । सो अवधिमा ९२ लाख ८ हजार ८ सय ८६ रुपैयाँ ५ पैसा मौजदात रहेको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा जनचेतना मुलक नाटक, निवन्ध प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो । समारोहकै अवसरमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशीले स्थापना गरेको अक्षयकोषबाट ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

साथै विद्यालयमा कार्यरत १० जना शिक्षक कर्मचारी र अहिले सम्म ए प्लस नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?