कांग्रेसको समानुपातिक बन्दसूचीमा जिसस दार्चुलाका पूर्वप्रमुख करबीर कार्की

दार्चुला । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा दार्चुलाबाट पूर्व जिल्ला समन्वय समिति प्रमुख करबीरहादुर सिह कार्कीको नाम समावेश गरेको छ। पार्टीले बन्द सूचीमा दार्चुलाबाट पूर्व जिल्ला समन्वय समिति प्रमुख कार्कीको नाम १ सय २ नम्बर समेटेको हो । कार्की २०७४ सालमा नेपाली काग्रेंस र नेकपा माओबादी केन्द्रको प्यानलबाट जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको बैठकले समानुपातिक तर्फ करबीरबहादुर कार्की र महिलाबाट आनन्दी पन्त भट्टको नाम पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएको थियो । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कार्कीसहित देशभरबाट १ सय १० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?