दार्चुलामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९२ हजार ९४८ मतदाता कायम

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा जिल्लामा मतदाताको संख्या वृद्धि भएको हो।

अघिल्लो निर्वाचनसम्म दार्चुलामा कुल ९० हजार ७८२ मतदाता रहेका थिए। हाल निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकसँगै दुई हजार १६६ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार हाल कायम मतदातामध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन्।

मतदाता नामावली अद्यावधिकपछि जिल्लाको पालिका अनुसारको तथ्याङ्कसमेत सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । स्थानीय तहगत तथ्याङ्कअनुसार शैल्यशिखर नगरपालिकामा १५ हजार ५१६ मतदाता रहेका छन भने महाकाली नगरपालिकामा १४ हजार १४३ मतदाता कायम भएका छन्।

यस्तै मालिकार्जुन गाउँपालिकामा ११ हजार ८७८, लेकम गाउँपालिकामा १० हजार ३११ र नौगाड गाउँपालिकामा १० हजार ८८ मतदाता रहेका छन् । मार्मा गाउँपालिकामा नौ हजार ६१३, दुहुँ गाउँपालिकामा आठ हजार ४४१, व्यास गाउँपालिकामा आठ हजार १६२ तथा अपी हिमाल गाउँपालिकामा चार हजार ७९६ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आगामी निर्वाचनका लागि जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र कायम गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सफल रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी तीव्र बनाएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा निर्वाचन व्यवस्थापनका कामलाई तिव्रता दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?