समानुपातिक सूची नसच्याइए रास्वपालाई अन्धाधुन्ध समर्थन गरिँदैन- भावना राउत

दार्चुला । जेनजी प्रतिनिधि भावना राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीप्रति प्रश्न उठाउनुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर समानुपातिक सूची नसच्याइए अन्धाधुन समर्थन नगरिने बताउनुभएको हो।

ुयो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ, प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन,ु उहाँले भन्नुभएको छ,ु उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं, र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो। म अन्धभक्त बन्न सक्दिनँ।ु

रास्वपाले बहुमत पाओस् र बालेन प्रधानमन्त्री बनुन् भन्ने चाहना आफ्नो पनि रहेको राउतले बताइन।

ुतर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न म सक्दिनँ। समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु, यो मेरो प्रतिबद्धता हो। मैले बुझेको राजनीति हो,ु उनले लेखेकी छन्।

रास्वपाकै अरू नेताहरूले पनि समानुपातिक सूचीमा प्रश्न उठाएका छन्। समानुपातिक सूचीमा यसको मर्मभन्दा नातावाद कृपावाद हाबी भएको भनेर पार्टीकै नेताहरू असन्तुष्ट छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?