गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी, गणित शिक्षकको काजफिर्ता वा पदपुर्ति गर्न माग

दार्चुला । गोकुलेश्वर बहुमुखी क्याम्पसमा विज्ञान सङ्काय अन्तर्गत गणित विषयका शिक्षकको अभावको विरोधमा क्याम्पस प्रमुख प्रमल सिंह महराको कार्यकक्ष तथा क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको छ।

गणित विषय अध्यापनरत शिक्षक मदन बहादुर चन्दलाई विगत दुई वर्षदेखि सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय डीन कार्यालयमा काजमा राखिँदा पठनपाठन प्रभावित भएको विद्यार्थी संगठनहरूको गुनासो छ। शिक्षक अभावका कारण पाठ्यक्रम पूरा हुन नसकेको र परीक्षाको तयारीमा समस्या आएको उनीहरूको भनाइ छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।

विद्यार्थी संगठनहरूले शिक्षकलाई तत्काल काजबाट फिर्ता ल्याउन वा योग्य गणित शिक्षक नियुक्त गर्न माग गरेका छन्। माग पूरा नभए आन्दोलन थप कडा बनाउने चेतावनी दिइएको छ। सहायक क्याम्पस प्रमुख कबिराज जोशीले लामो समयदेखि विश्वविद्यालयसँग शिक्षक माग गरिँदै आएको भए पनि हालसम्म सम्बोधन नभएको बताउनुभयो। गणित शिक्षक नहुँदा गोकुलेश्वर बहुमुखी क्याम्पसमा पढाइ प्रभावित भएको विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?