शैल्यशिखर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन र नगरसभा पुस २१ गते उद्घाटन गरिने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन र नगरसभा पुस २१ गते उद्घाटन गरिने भएको छ।

शैल्यशिखर नगरपालिका गोकुलेश्वर, दार्चुला र शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग, श्रीमहल, पुल्चोक ललितपुरको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन र शैल्यशिखर नगरसभाको १८औं नगरअधिवेशनको उद्घाटन समारोह पुस २१ गते राखिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

नगरपालिकाले भवन र नगरसभा उद्घाटन कार्यक्रम पुस २१ गते विहान ११ बजे निर्माण सम्पन्न प्रशासकीय भवन प्राङ्गण, गोकुलेश्वरमा आयोजना गरेको जनाएको छ। उक्त कार्यक्रममा उपस्थितिका लागि सार्वजनिक सूचनामार्फत सम्पूर्ण राजनितिक दल, बुद्धिजिवी, नागरिक समाज, विज्ञ, व्यवसायी, गैर-सरकारी संस्था, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी तथा आम सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?