घरमा आगलागी भएका जोशी परिवारलाई लेकम गाउँपालिकाले ४० हजार राहत दिने

दार्चुला । दार्चुलाको लेकम गाउपालिका वडा नम्बर ५ मैखोली इरखोलीका स्थानीय अम्बादत्त जोशी (गणेश) को कच्ची दुई तले घरमा आगलागी हुदा ठूलो क्षति भएपछि लेकम गाउँपालिकाले राहत दिने निर्णय गरेको छ।

बिहिवार (हिजो) विहान आगलागीबाट जोशीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने गोठमा रहेको दुहुनो भैँसीको समेत जलेर मृत्यु भएको वडा सदस्य शंकर दत्त जोशीले जानकारी दिनुभयो । दुहुनो भैँसीका लागि दालो पकाउने क्रममा बालेको आगो सल्किएर घरमा आगलागी तथा क्षति भएपछि जोशीले राहतका लागि लेकम गाउँपालिकालाई अनुरोध गर्नुभएको थियो। घटनास्थलको प्रहरी मुचुल्का र पीडितको निवेदनका आधारमा जोशी परिवारलाई ४० हजार राहत दिने निर्णय भएको हो।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता तथा उपाध्यक्ष माधवी जोशी, वडाअध्यक्षहरू लगायतको उपस्थितिमा बसेको लेकम गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोशीलाई ४० हजार राहत सहयोग गर्ने निर्णय गरेको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

यस्तै विपद् व्यवस्थापन समिति बैठकले चालु आर्थिक वर्षको हालसम्म राहतका लागि छ वटै वडाबाट पालिकामा आएका एक सय भन्दा बढी निवेदनमाथि छलफल गर्दै बढी समस्या भएका २८ जनालाई प्राथमिकताका आधारमा राहत रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो। विपदमा परेका पालिकाबासीलाई थोरै भएपनि राहत होस भन्ने उदेश्यका साथ गाउँपालिकाले राहत रकम उपलब्ध गराउने गरेको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो। राहत रकम पीडामा मल्हम लगाउने काम मात्रै हो, उहाँले भन्नुभयो, क्षतिपूर्ति दिन सकिने अवस्था नभएकोले पालिकाको स्रोतका आधारमा थोरै भएपनि सहयोग गर्ने गरेका छौँ। निवेदन धेरै आउने गरेकोले साच्चिकै समस्यामा परेकाहरूलाई छनोट गरि राहत उपलब्ध गराउनु आवश्यक रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?