प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु

दार्चुला । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शुक्रबारदेखि सो कार्य सुरु भएको हो ।

आयोगका कार्यबहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग परिसरमा मतदाता नामावलीको छपाइ कार्यको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् फरक परिस्थितिमा गठन भएको सरकारले भदौ २७ गते राति फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय गरेको हो।

आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार कायक्रम अघि बढाउँदै आएको छ ।

यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति २०८२ माघ ११ गते तय भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?