दार्चुला । एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । शनिबार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा सम्पन्न जिल्ला भेलाले प्रकाश सिंह ठगुन्नाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रेखा कार्की, सचिवमा रामसिंह डोबाल र कोषाध्यक्षमा विरभान सिंह धामी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
भेलामा संगठनका केन्द्रीय सल्लाहकार तथा दार्चुला जिल्ला इन्चार्ज श्यामराज जोशी, प्रदेश परिषद् सदस्य जनक सिंह धामी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता पदमराज पन्तको उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा नेपाल शिक्षक संघ परित्याग गरी हुनैनाथ माध्यमिक विद्यालय, रातामाटामा कार्यरत शिक्षक दीपक बहादुर सिंह एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध भएको प्रदेश कमिटी सदस्य जनक सिंह धामीले जानकारी दिनुभयो ।
भेलाले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । आगामी दिनमा जिल्लाका सबै पालिका स्तरमा बैठक तथा भेलाहरू आयोजना गर्ने कार्यक्रम तय गरिएको धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया