दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण सुरू गरेको छ । जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन गाउँपालिका र वडाको समन्वयमा आइतबार (आज) बाट न्यानो लुगा सँगै पोषण सामग्री वितरण र जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ परीक्षण कार्यक्रम सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले जानकारी दिनुभयो ।
गाउँपालिकाका ६ वटै वडाहरुमा सञ्चालन गर्ने उदेश्यअनुसार आज वडा नम्बर ५ बाट कार्यक्रम शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
आज पहिलो दिन वडा नम्बर ५ का ८ जना जेष्ठ नागरिकलाई न्यानो लुगा र पोषण सामग्री वितरण संगै सामान्य स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष राजेन्द्र सिंह धामीले बताउनुभयो ।
सोमबार पनि वडा नम्बर ५ कै लुन्थि टोलका जेष्ठ नागरिकलाई देउखलामा र सौगन्ना टोलका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयमा दिउँसो २ बजे न्यानो लुगा वितरण गरिने वडा अध्यक्ष धामीले जानकारी दिनुभयो ।
वडाभरी जम्मा २८ जना जेष्ठ नागरीकहरु रहेका छन् । त्यस्तै मंगलबारबाट वडा नम्बर ६ मा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया