दार्चुला । लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि व्यावसायिक मौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। संघीय सरकारबाट शसर्त अनुदानअन्तर्गत प्रदेश तथा स्थानीय तहमा शसर्त वित्तीय हस्तान्तरण भई आएको कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ बमोजिम उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकाको कृषि विकास शाखाद्वारा जारी सूचनाअनुसार लेकम गाउँपालिका भित्र कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, कृषि फर्म तथा उद्यमी कृषकहरूलाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गजेन्द्र नारायण नाथले जानकारी दिनुभयो ।
गाउँपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालित उक्त कार्यक्रममा कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, कृषि फर्म तथा उद्यमी कृषकहरूले निवेदन तथा प्रस्ताव पेश गर्न सक्ने उहाँले बताउनुभयो।
प्रस्ताव पेश गर्दा वडा कार्यालयबाट दोहोरो तथा विगत दुई वर्षसम्म एउटै प्रकृतिको अनुदान कार्यक्रममा समावेश नभएको सिफारिस पत्र अनिवार्य गरिएको छ। कृषक समूह वा सहकारीको हकमा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा सामूहिक निर्णयको प्रतिलिपि समेत निवेदनसँगै पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
कृषि व्यवसायमा संलग्न इच्छुक कृषक समूह, कृषि सहकारी संस्था, कृषि फर्म तथा उद्यमी कृषकहरूले आगामी माघ ४ गते सम्म प्रस्ताव पेश गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।





प्रतिक्रिया