दार्चुला । दार्चुलाको लटिनाथ मावि चौपातामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन समिति सदस्य र शिक्षक अभिभावक संघ चयन गरेको सहायक प्रधानाध्यापक महेशराज जोशीले बताउनुभयो।
आज विद्यालयमा बसेको अभिभावक भेलाले छेपरी खत्री, भुवनेश्वरी गिरी, दिपक बहादुर पाल र नरेश सिंह बोहरालाई विव्यस सदस्य चयन गरेको छ। यस्तै सदस्य सचिवमा प्रधानाध्यापक केशवराज बिष्ट (पदेन) र शिक्षक प्रतिनिधिमा राजेन्द्र सिंह खत्री चयन हुनुभएको छ। नौँ सदस्यीय विव्यसमा एक जना वडा प्रतिनिधि सदस्य रहने व्यवस्था छ। उल्लेखित सात जनाले दुई जना सदस्य मनोनीत गरेपछि विव्यस नौँ सदस्यीय हुनेछ। सदस्यहरूमध्येबाट एक जना अध्यक्ष चयन हुने व्यवस्था रहेको सहायक प्रधानाध्यापक जोशीले बताउनुभयो।
यस्तै मावि चौपाताको शिक्षक अभिभावक संघ ११ सदस्यीय गठन गरिएको छ। तुला गिरीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको उहाँले बताउनुभयो । अभिभावकबाट चञ्चल सिंह खत्री, नारदसिंह बोहरा, गोमती मिश्र, कल्पना पाल, भानदेव जोशी, फुलुरी खत्री र हेमन्ती बिष्ट सदस्य चयन हुनुभएको छ। यस्तै शिक्षक ललित सिंह साउद सदस्य सचिव चयन हुनुभएको छ भने प्रधानाध्यापक र विव्यस अध्यक्ष पदेन सदस्य रहने उहाँले बताउनुभयो। जेष्ठ सदस्य छेपरी खत्रीको अध्यक्षता तथा लेकम गाउँपालिकाका संस्थापक अध्यक्ष एवम् मावि चौपाताका विद्यालय व्यवस्थापन समिति निवर्तमान अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा आयोजित भेला नयाँ विव्यस सदस्य र शिक्षक अभिभावक संघ गठन गर्दै सम्पन्न भएको विद्यालयले जनाएको छ।





प्रतिक्रिया