अपिहिमाल-५ का २८ जना जेष्ठ नागरिकलाई न्यानो लुगा तथा पोषण सामग्री वितरण

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का २८ जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ ।

आइतबारबाट सुरु भएको जेष्ठ नागरिकहरुलाई न्यानो लुगा तथा पोषण सामग्री वितरण र सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत आइतबार र सोमबारगरि वडा भित्रका २८ जना जेष्ठ नागरिकलाई न्यानो लुगा र पोषण सामग्री वितरण संगै सामान्य स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष राजेन्द्र सिंह धामीले बताउनुभयो ।

कार्यक्रम अन्तरगत जेष्ठ नागरकहरुको सामान्य स्वास्थ्य परिक्षण संगै स्वास्थ्य संस्थामा पाइने निःशुल्क औषधी पनि वितरण गर्ने गरिएको छ । जेष्ठ नागरिकहरुको सम्मान स्वरुप गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । मंगलबारबाट गाउँपालिकाको वडा नम्बर ६ मा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?