विशेष महाधिवेशन पक्षधरले कांग्रेस केन्द्रीय कार्यालय घेरे

काठमाण्डाै – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले ललितपुरकाे सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा धेरै (२ हजार ४८८ जना) महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् ।

विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका छन् । पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ ।

कांग्रेसको यो आन्तरिक कलहले आउँदाे फागुनमा हुने संसदीय चुनावनलाई समेत प्रभावित पार्ने देखिएको छ । पार्टी एकताका लागि छलफल चलिरहे पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?