दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा नसर्ने रोगहरुको जाँच तथा रक्त समुह परिक्षण शिविर सञ्चालन गरिएको छ । पछिल्लो समय नसर्ने रोगीहरुको संख्या बढीरहेकोले गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङको लागि शिविर सञ्चालन गरिएको गाउँपालिकाको वडा नम्बर ६ मा रहेको धुलिगडा स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्र सिंह ठगुन्नाले बताउनुभयो ।

धुलिगडा स्वास्थ्य चौकीको संयोजन तथा वडा कार्यालयको आयोजनामा शिविर सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

पुस १९ गतेबाट वडा नम्बर ६ का विभिन्न टोलहरुमा शिविर सञ्चालन भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज ठगुन्नाले जानकारी दिनुभयो । जस अन्तरगत सामुदायिक स्वास्थ्य एकाइ केद्र खालिडाँडा र रैचूमा सम्पन्न शिविरबाट १ सय ५१ जना महिला र ६८ जना पुरुष गरी जम्मा २ सय १९ जनाले सेवा लिएको ठगुन्नाले बताउनुभयो ।

शिविरमा टोलहरुमहरु रक्तचाप, सुगर, मधुमेह लगायतका नसर्ने रोगहरुको परिक्षण गर्ने र रोग पत्ता लागेमा परामर्श तथा औषधि चलाउन लगाउने गरेको उहाँले बताउनुभयो । त्यस्तै शिविरको क्रममा रक्त समुह (ब्लड ग्रुप) परिक्षण र बिएमआई पनि परिक्षण गर्ने गरिएको छ । शिविरमा धुलिगडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन् ।

वडाका अन्य टोलहरुमा पनि निरन्तर शिविर सञ्चालन हुने ठगुन्नाले बताउनुभयो । त्यस्तै आगामी फागुन महिनाबाट गाउँपालिकाका अन्य वडाहरुमा पनि नसर्ने रोगहरुको स्किृनीङ शिविर सञ्चालन गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पृतम सिंह ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?